ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट मर्नेको संख्या चीनभन्दा यूरोपमा ३ गुना बढी  

२०७६ चैत, १०  
अन्तरराष्ट्रिय
NA

चैत १०, जेनेभा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा यूरोपमा मर्नेको संख्या तीन गुना बढी रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । 

शुरुमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट त्यहाँ सोमवारसम्मको तथ्यांक अनुसार ३ हजार २६१ जनाको मृत्यु भएको छ भने यूरोपमा हालसम्म मर्नेको  संख्या करीब ९ हजार पुगेको छ । 

कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको यूरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको बीबीसीले बताएको छ । सोमवार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ भने ५९ हजार १०० सय ३८ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार कोरोना भाइरसको संक्रमणबाट सोमवारसम्म १२ हजार ९४४ जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यसको  संक्रमण विश्वका १८७ देशमा देखा परेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्