ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सीमानाका बन्द हुँदा दुवै देशका नागरिक अलपत्र 

२०७६ चैत, १०  
प्रदेश ०१
Image Not Found

चैत १०, भद्रपुर । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब ३०० नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार सोमवार बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । अलपत्र परेका नेपाली भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थीहरु रहेका छन् । 

त्यसैगरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब ३०० भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि जाँदै छन् । जिल्ला ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्