ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफामा वृद्धि 

२०७६ चैत, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफामा वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको नाफामा वृद्धि भएको हो । 

नबिल इक्वीटी फण्डले फागुन मसान्तसम्ममा रू. १७ करोड ४१ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तमा रू. १५ करोड १६ लाख थियो । त्यसैगरि, नबिल ब्यालेन्स फण्ड २ ले फागुन मसान्तसम्ममा रू. ९ करोड ७७ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तसम्ममा रू. ८ करोड ५० लाख थियो । 

त्यसैगरि फागुन मसान्तसम्ममा नबिल ब्यालेन्स फण्ड २ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ९१ रहेको छ  । सोही अवधिमा नबिल इक्वीटी फण्डको प्रति इकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ४१ पुगेको हो । 

नबिल इक्वीटी फण्डले फागुन मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र र सूचीकृत नभएका शेयर ऋणपत्र, मुद्दति निक्षेप गरेर कुल रू. ८६ करोड ८७ लाख लगानी रहेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. ९० करोड ९१ लाख थियो । 

त्यसैगरि, नबिल ब्यालेन्स फण्ड २ को फागुन मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र र सूचीकृत नभएका शेयर ऋणपत्र, मुद्दति निक्षेप गरेर कुल रू. ६१ करोड ६३ लाख लगानी रहेको छ । यो लगानी माघ मसान्तसम्ममा रू. ५९ करोड ३९ लाख थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्