ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना भाइरसको चपेटामा भारु, प्रतिडलर ७६ रुपया १५ पैसाको कीर्तिमानी न्यून विन्दुमा 

२०७६ चैत, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ अहिलेसम्मकै न्यूनस्तरमा आएको छ । तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण आर्थिक अनिश्चय बढेसँगै सोमवार अमेरिकी डलर र भारुको विनिमय दर ७६ रुपया तल आएको हो । 

भारु डलर विनिमय दर यो स्तरमा यस अघि कहिले पनि आएको थिएन । घरेलु शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागेको छ । पूँजीबजारबाट विदेशी लगानीकर्ताहरुले निरन्तर लगानी फिर्ता लैजानुले पनि भारु दबाबमा आएको हो । 

महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा जाने चिन्ता चुलिएकै समयमा मार्चको अहिलेसम्मको अवधिमा पूँजीबजारबाट १० खर्ब रुपयाभन्दा धेरै विदेशी पोर्टफोलियो लगानी (एफपीआई) बाहिरिएको छ ।

सोमवारको कारोबारमा प्रतिडलर भारुको भाउ ८४ पैसाले घटी ७६ रुपया १५ पैसामा आएको छ । यो अहिलेसम्मकै न्यून हो । यसको अर्थ १ डलर किन्न अब ७६ रुपया १५ पैसा खर्च गर्नु पर्नेछ । शुक्रवार बजार बन्द हुँदा भने यसका लागि ७५ रुपया १९ पैसा लाग्थ्यो । 

मार्च १३ मा सकिएको हप्तामा भारतको विदेशी विनिमय सञ्चिति ६ महीनामा पहिलो पटक घटेर ४ खर्ब ८१ अर्ब ८९ करोड डलरमा आएको छ । सञ्चितिमा आएको यो सेप्टेम्बर २० यताको पहिलो कमी हो । 

पछिल्लो समय लगानीकर्ताहरुको ध्यान कोरोना भाइरस संक्रमतिको संख्यामा छ । ‘हालैका महीनामा रिजर्ब बैंक अफ इन्डिया’ (आरबीआई) ले बजारमा कमी आउन नदिन विविध कदम चालेको छ, तर विश्व बजारमा देखिएको सेल–अफ र डलरको भाउमा भएको वृद्धिका कारण रुपया दबाबमा आएको छ,’ मोटिलाल ओस्वल फाइनान्सिएल सर्भिसेजले भनेको छ ।

 रुपयाको भाउ अल्पकालीन अवधिमा ७५ रुपया ८० पैसा देखि ७६ रुपया ८० पैसाबीच रहने उसको प्रक्षेपण छ । विश्वभर कोरोना भाइरसको महामरी बढेसँगै लगानीकर्ताहरुमा सुरक्षित लगानीका रुपमा लिइने सुन लगायत सम्पत्तिको माग बढेको छ । 

डलर थुपार्न आफूसँग भएको अन्य मुद्रा, ऋणपत्र र शेयर धमाधम बेच्ने क्रमसँगै एशियाली मुद्रामा व्यापक सेल–अफ देखिएको छ भने डलर बलियो बनेको छ । कोरोना भाइरसको संकट खराब बनेसँगै प्रमुख मुद्राका तुलनामा डलर बढेको छ ।
 

भाइरसको प्रसारबारे छाएको अनिश्चियले निकट भविष्यमा डलरले टेवा पाउने विज्ञहरु बताउँछन् । सोमवारको कारोबारमा मुद्रा डालोमा आबद्ध प्रमुख मुद्राका तुलनामा डलरको मूल्य

मापन गर्ने डलर सूचक बढेर १०२ दशमलव ०१७ अंकमा उक्लिएको थियो । महामारीका कारण व्यापक लकडाउन भइरहेको र यसले आर्थिक गतिविधि ठप्प बनाएको छ । यस्तो अवस्थामा डलरमा कर्जामाथिको निर्भरताका कारण उदीयमान अर्थतन्त्रका मुद्रा दयनीय भएको कोटाक सेक्युरिटिजका अनिन्दय बेनर्जी बताउँछन् । 

रुपयाको भाउलाई टेवा दिन आरबीआईले आक्रामक रुपमा डलर बेचेपनि रुपया घट्ने क्रम नरोकिने उनको भनाइ छ । आगामी केही हप्तामा भारु डलर विनिमय दर ७८ रुपयामा आउने उनको प्रक्षेपण छ । एजेन्सीको सहयोगमा
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्