ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिजुलीको बिल तिर्न सक्नुभएन ? जरिवाना लाग्दैन

२०७६ चैत, १०  
समाचार
NA

चैत १०, काठमाडौं । विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण महसुल बुझाउन असमर्थ हुनुभएको छ भने चिन्ता नलिनुस् । सरकारले विद्युत् महसुल तिर्ने समय सकिएको भए पनि कुनै चिन्ता नलिन आग्रह गरेको छ ।     
     
 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत महसुल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए । 
     
 महसुल काउण्टरमा हुने भिडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो । इन्टरनेटको सहज आपूर्ति अभावमा ग्राहकले समयमै महसुल भुक्तानी गर्न नसके उक्त अवधिको जरिवाना नलाग्ने र लाइन नकाटिने मन्त्री पुनले बताए ।     
     
 पुनको अध्यक्षतामा सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘महसुल काउण्टरमा भिडभाड हुने भएकाले कोरोनाको संक्रमण उच्च हुने ठानेर अनलाइन प्रणालीमार्फत महसुल भुक्तानी गर्न आमग्राहकलाई अनुरोध गर्दछु’, उनले भने । 

इन्टरनेटको उपलब्धता नभएको वा अन्य कारणले महसुल भुक्तानी गर्न नसक्ने ग्राहकको सेवा अवरुद्ध नगरिने र जरिवाना समेत नलाग्ने व्यवस्था गरिएको छ । रासस   
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्