ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारको गोदाममा के–कति छ मालवस्तुको मौज्दात ?

चामल २५.७३३, चीनी ५०००, नुन १ लाख ५९ हजार मेट्रिक टन र पेट्रोलियम पदार्थ ४९९८०, ग्यास ३१ हजार २२४ किलोलिटर

२०७६ चैत, १०  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत १०, काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम तथा नियन्त्रणको उपायलाई ध्यानमा राख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवारसम्मको स्थितिमा सरकारसँग विभिन्न  मालवस्तुको मौज्दात् भएको विवरण सार्वजनिक गरेको छ ।

उक्त  मन्त्रालयले उल्लेख गरे अनुसार  तीन महीनाका लागि चामल २५ दशमलव ७३३ मेट्रिक टन मौज्दात् रहेको बताइएको छ  । यसैगरी चीनी ५ हजार मेट्रिक टन मौज्दात् रहेको छ । 

मुलुकमा चीनीको माग भने प्रतिमहिना २० हजार मेट्रिक टन रहेको स्थिति छ । त्यस्तै, नुन १० महीनाको लागि धान्ने १ लाख ५९ हजार मेट्रिक टन मौज्दात् रहेको छ ।

 पेट्रोलियम पदार्थको हकमा भारतबाट नियमित रुपमा आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल ५ हजार ९४७ किलोलिटर मौज्दात् रहेको छ जवकि मुलुकमा पेट्रोलको माग दैनिक करीब ४ हजार किलोलिटर रहेको छ । 

यस्तै डिजेल ३४ हजार १७४ किलोलिटर मौज्दात् रहेको छ, यसको माग पनि दैनिक १० हजार किलोलिटर रहेको छ । हवाईइन्धन भने ७ हजार १७६ किलोलिटर मौज्दात् रहेको छ । दैनिक ८०० किलोलिटर हवाईइन्धन खपत हुने गरेकोमा उडान पुरै वा आंशिक बन्द भएका कारण हालैका दिनमा दैनिक २०० किलोलिटर माग रहेको अवस्था छ ।

ग्यास भने हालसम्म नियमित रुपमा आपूर्ति  भइरहेको छ । हालसम्मको अवस्थामा मासिक कोटा ३८ हजार मेट्रिक टन रहेकोमा मार्च महीनाको २३ तारिखसम्ममा ३१ हजार २२४ मेट्रिक टन मौज्दात्  रहेको विवरण उक्त  मन्त्रालयले सोमवार साँझ सार्वजनिक गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्