ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रोल्पाको दुर्गम गाउँमा प्रहरीद्वारा कोरोनाबारे सचेतना तथा साबुन वितरण

२०७६ चैत, ११  
प्रदेश ०५
NA


रोल्पा (अस) । रोल्पाको दुर्गम गाउँमा प्रहरीले कोरोना भाइरसका बारेमा सचेतना कार्यक्रम गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा जिल्लाको माडी गाउँपालिका–२ पारिबाङ गाउँमा कोरोनाका बारेमा घरदैलो सचेतना कार्यक्रम तथा ६०० ओटा साबुन वितरण गरिएको हो । दलित तथा विपन्न समुदायको बसोबास रहेको उक्त गाउँमा  कोरोनाबाट बच्न साबुनपानीले हात धुन, बिरामी परेमा तत्काल अस्पताल जाने र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेको इप्रका घर्तीगाउँका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । ‘दुर्गम गाउँमा सञ्चार र चेतनाको कमी भएकाले यस्तो कार्यक्रम गरिएको हो,’ प्रहरी निरीक्षक खड्काले भने । उक्त क्षेत्रमा स्थानीय सरकारले हालसम्म कोरोनाबारे कुनै प्रकारको कार्यक्रम नगरेको भए पनि प्रहरीले गरेपछि भने स्थानीय सरकारले पनि थप कार्यक्रमको तय गर्न तयारी थालेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्