ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

म्याग्दीका युवाले उत्पादन गरे मास्क

२०७६ चैत, ११  
गण्डकी प्रदेश
NA


म्याग्दी (अस) । कोरोना भाइरसको असरले बजारमा मास्कको अभाव तथा कालोबजारी बढिरहेको बेला म्याग्दीका युवाले स्थानीयस्तरमै मास्क उत्पादन शुरू गरेका छन् । इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब, नेपाल युवा परिषद् म्याग्दी र म्याग्दी जेसिजले संयुक्त रूपमा सर्जिकल र मेडिकल मास्क उत्पादन शुरू गरेका हुन् ।

नेपाल सरकारले कारोनाको बारेमा सचेत रहन आग्रह गरेसँगै म्याग्दीमा सर्जिकल मास्क र मेडिकल मास्क अभाव रहेको थियो । सोही अभाव पूर्ति गर्न आफूहरूले दैनिक १०० मास्क उत्पादन गरेर बजारमा वितरण समेत थालेको इन्फ्ल्युन्सियल ब्याचलर्स क्लबका अध्यक्ष दिनेश कुमार विश्वकर्माले बताए । उनका अनुसार हाल दुईजनाले नियमित रूपमा मास्क बनाउँदै आएका छन् ।

‘हामीले उत्पादन गरेको मास्कलाई जिल्ला अस्पताल म्याग्दी र जिल्ला प्रशासन कार्यालयले मेडिकल मास्क सरहको मान्यता दिएको छ,’ नेपाल युवा परिषद् म्याग्दीका अध्यक्ष छवि आचार्यले भने । स्थानीय रूपमा उत्पादन गर्न थालिएको मास्क २ दिनको अवधिमै  १ हजार ओटा माग भएको उनले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्