ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतबाट फर्किने बढेपछि दोलखामा कोरोना संक्रमणको खतरा

२०७६ चैत, ११  
वाग्मती प्रदेश
Image Not Found


दोलखा (अस) । रोजगारीका लागि भारत गएका मानिसहरू फर्कने क्रम बढेपछि दोलखामा कोरोना संकट निम्तिने खतरा बढेको छ । रोजगारीका क्रममा भारतका विभिन्न ठाउँबाट असुरक्षित रूपमा ठूलो संख्यामा मानिसहरू दोलखा फर्कनाले यस्तो संकट बढेको हो । 

भारतीय सीमाबाट दोलखा टाढा भए पनि सिक्किम, दार्जिलिङ, खर्साङ, कालिङ्पोङ, कलकत्ता लगायत ठाउँमा परम्परागत रूपमा दोलखाली रोजगारी तथा विभिन्न व्यवसायका लागि जाने गरेका छन् । कोरोनाको संक्रमण भारतमा बढेसँगै हाल सार्वजनिक बस तथा भारतीय गाडी रिजर्भ गरेर काँकडभित्ता तथा अन्य नाका हुँदै दोलखाका उत्तरी भेगका मानिस ठूलो संख्यामा घर फर्किएका छन्  । 

जिल्ला प्रवेश गर्ने मुख्य नाका खरिढुंगा र किर्नेटारमा अहिले सामान्य स्वास्थ्य जाँच गर्ने गरिएको छ । तर थर्मल गनको कमीले यात्रुको ज्वरो नाप्ने काम प्रभावकारी हुन सकेको छैन । जिल्लाका स्वास्थ्य केन्द्रहरूमा समेत पर्याप्त मात्रामा थर्मल गन र अन्य सुरक्षात्मक उपकरणको अभाव रहेको जिल्लाका स्वास्थ्यकर्मीहरूको भनाइ छ । भारतमा रोजगारीका लागि गएकाहरू हुलकाहुल फर्कन लागेपछि स्थानीय त्रसित समेत हुन थालेका छन् । 

अहिलेसम्म जिल्लामा कोरोना संक्रमित नभेटिए पनि आइसोलशनका लागि हालसम्म चरिकोट अस्पतालमा ८, दोलखा बजारस्थित गौरीशंकर अस्पतालमा ५, च्छोरोल्पा अस्पतालमा ५ र सामुदायिक अस्पतालमा २ शøया तयार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्