ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लेखा समितिको निर्णयमाथि नै छानबिन

२०७६ चैत, ११  
१० वर्ष अघि
NA

अर्थमन्त्रालयद्वारा नेपाल वायु सेवा निगमको जहाज खरिद प्रक्रिया प्रकरणमा छानबिन गर्न गठित समितिले लेखा समितिको निर्णयका बारेमा समेत छानबिन गरेको निर्णयप्रति असहमति जनाउँदै मन्त्रालय स्तरबाट छानबिन गर्न लागिएको यो नै सम्भवतः पहिलो घटना हो ।

निगमले जहाज खरिद प्रक्रिया अगाडि बढाएको विषयमा विवाद उत्पन्न भएपछि अर्थ मन्त्रालयले सहसचिव विमल वाग्लेको नेतृत्वमा निगमका पूर्व विमान चालक प्रदीपजंग शाह र चार्टर्ड एकान्टेन्ट टंकप्रसाद पनेरू सदस्य रहेको छानबिन समिति गठन गरेका थियो । निगमलाई जहाज खरिद गर्नका लागि ऋण उपलब्ध गराउन आफू मातहतको कर्मचारीलाई सञ्चयकोष तयार भएपछि उसलाई त्यसबारेमा अनुमति दिने वा नदिने भन्ने बारमो टुंगो लगाउन अर्थ मन्त्रालयले छानबिन सुुुरु गरेको बेला लेखा समितिले काम सुरु गरेकै बेला लेखा समितिले जहाज खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । त्यसपछि छानबिन प्रक्रिया अगाडि बढाउने वा नबढाउने बारेमा अन्योल उठेको थियो । अहिले सो समितिको पदाधिकारीलाई अर्थमन्त्री सुरेन्द्र पाण्डेले लेखा समितिको निर्देशनको औचित्यको बारेमा समेत राय दिन दिर्नेशन दिएका छन् । सोही अनुसार समितिले लेखा समितिको निर्देशनको बारेमा सचेत अध्ययन सुरु गरेको छ । पुस १० गते गठन गरिएको समितिलाई कार्य सुरु गरेको १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो । सोही अनुसार पुस १५ गतेबाट समितिले काम सुरु गरेको थियो । अर्थमन्त्रीको पछिल्लो निर्देशनपछि थप समयको माग गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

वर्ष ५, अंक १९, २०६६,  पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्