ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईसी एशियाको नियमित काउन्टर मात्र सञ्चालन 

२०७६ चैत, ११  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कोरोना भाइरसको सम्भावित महामारीलाई दृष्टिगत गर्दै एनआईसी एशिया बैंकले नियमित काउन्टर मात्र सञ्चालन गर्ने भएको छ । बैंकले ३१९ शाखा तथा १०८ एक्सटेन्शन काउन्टरमार्फत मात्रै नियमित सेवा सञ्चालन गर्नेछ भने भने अतिरिक्त काउन्टर र बिदा काउन्टर सेवा भने अर्काे सूचना जारी नहुँदासम्म बन्द गरेको जानकारी दिएको छ । 

बैंकले हाल बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिँदै आएको कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाको अतिरिक्त समयको सेवा बन्द गरेको हो । यस्तै विदाको समयमा पनि काउन्टर सञ्चालन हुँदै आएको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं र पोखराको न्यूरोड, र भक्तपुर शाखाको सेवा पनि बन्द गरिएको बैंकले बताएको छ । 

बैंकको नियमित काउन्टर सेवाहरू भने बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रवार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत् सञ्चालन हुने 
बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्