ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रिचार्जर प्रयोगकर्तालाई मास्क र स्यानिटाइजर निःशुल्क

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । मोबाइल एप रिचार्जरबाट सामान खरीद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानिटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टाभित्र काठमाडौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले बताएको छ । 

‘कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्किन अनुरोध (लकडाउन) गरेको अवस्थामा यो सेवा उपयोगी हुने कम्पनीको भनाइ छ । 

बजारमा मास्क र स्यानिटाइजरको अभाव भइरहेको बेला रिचार्जरबाट विद्युतीय उपकरण खरीद गर्दा निःशुल्क मास्क र स्यानिटाइजर वितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्