ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिकमको अनलिमिटेड डाटा प्याक अब सस्तैमा

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । नेपाल टेलिकमले उपलब्ध गराइरहेको वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याकलगायत अफर सस्तोमा प्रयोग गर्न सकिने भएको छ । वान आवर अनलिमिटेड प्याकमा १ घन्टासम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिने टेलिकमले बताएको छ । 

रू. २० मा यो प्याक उपलब्ध हुनेछ । यसबाट १ घन्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न सकिने टेलिकमको भनाइ छ । ‘अनलिमिटेड नाइट डाटा प्याक’अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राति ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिनेछ ।

त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनुपर्ने व्यक्तिहरूका लागि यो प्याक निकै उपयोगी हुने टेलिकमले जानकारी दिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्