ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दैनिक ३ हजार थान मास्क उत्पादन गर्दै महिला उद्यमी

२०७६ चैत, ११  
बजार
NA


दाङ (अस) । कोरोना भाइरसको त्राससँगै बजारमा मास्कको अभाव भएपछि दाङका महिला उद्यामीहरूले मास्क उत्पादन गर्न शुरू गरेका छन् । दाङको घोराहीस्थित महिला स्वरोजगार तालीम केन्द्रका महिला  उद्यामीहरूले बजारको आवश्यकताअनुसार मास्क उत्पादन शुरू गरेका हुन् ।

तालीम केन्द्रका महिला उद्यामीहरूले बनाएका ५० हजार थान मास्क बजारमा आइसकेको तालीम केन्द्रकी प्रशिक्षक दीपा बस्नेतले बताइन् । महिला सामुदायिक लघुवित्त संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमअन्तर्गतको आर्थिक सहयोग तथा लैंगिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा मास्क उत्पादन शुरू गरिएको हो ।  

करीब २ सातादेखि मास्क उत्पादन शुरू गरेको तालीम केन्द्रले अहिले दैनिक ३ हजार थान मास्क उत्पादन गर्दै आएको छ । केन्द्रले उत्पादन गरेका मास्क विभिन्न अस्पताल तथा पसलहरूमा विक्री हुने गरेको छ । 

महिला स्वरोजगार तालीम केन्द्रमा ५ जना प्रशिक्षकसहित २५ जना कर्मचारीले मास्क उत्पादन गरिरहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्