ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारलाई सहयोग गर्न निर्माण व्यवसायी महासंघ तयार

२०७६ चैत, ११  
बजार
NA


काठमाडौं (अस) । नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई आवश्यक सहयोग गर्ने बताएको छ । आइतवार राजधानीमा सम्पन्न महासंघ स्थायी समितिको बैठकले सरकारलाई सहयोग गर्नेसहित कोरोनाको त्रासका कारण निर्माण क्षेत्रमा उत्पन्न समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । 

बैठकले उपलब्ध स्रोतसाधन र जनशक्तिको आधारमा सचेतना एवं सुरक्षा अपनाई सम्बद्ध जिल्ला प्रशासन कार्यालय तथा सम्बद्ध आयोजना प्रमुखसँग समन्वय गरी अति आवश्यक सेवा एवं निर्माण कार्यहरू सुचारु गर्ने गराउने निर्णय पनि गरेको छ । 

संक्रमण नियन्त्रण गर्न सरकारले गरेको विभिन्न निर्णयहरूका कारण मानवीय दृष्टिले समेत निर्माण मजदूरहरूलाई कार्य क्षेत्रमा खटाउन सक्ने अवस्था नरहेको महासंघले बताएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्