ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

परिसंघद्वारा उपप्रधानमन्त्रीसँग छलफल

२०७६ चैत, ११  
बजार
Image Not Found

काठमाडौं (अस) । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको छ । निजीक्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्नेबारे संघको प्रतिनिधिमण्डलले सोमवार मन्त्री पोखरेलसँग छलफल गरेको हो । 

सरकालाई निजीक्षेत्रले सघाउन सक्ने क्षेत्रहरू आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउने विषयमा छलफल केन्द्रित भएको परिसंघले बताएको छ । उक्त अवसरमा सरकारी तयारीबारे जानकारी गराउँदै उप प्रधानमन्त्री पोखरेलले अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामनाका लागि सहकार्य गर्न अनुरोध गरेका छन् । 

परिसंघका अध्यक्ष सतीशकुमार मोरले निजीक्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्