ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनपछि मुलुकको सवै गतिविधि सुनसान   

२०७६ चैत, ११  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन (निषेधावधि)गरेसँगै काठमाडौं लगायत देशको विभिन्न शहरहरु सुनसान बनेका छन् । सडकमा मानिसहरुको आवतजावत नगन्यमात्रामा रहेको छ । 

 कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमवार बसेको बैठकले थप संक्रमण नबढोस भन्ने उद्देष्यले मंगलवारविहानबाट चैत १८ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने घोषणा गरेको थियो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण देखिएपछि अरुलाई नसरोस भन्नाका लागि संक्रमण रोग ऐन २०२० को दफा २ को उपदफा ९२० बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।     

लकडाउन सँगै औषधि,खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।  

लकडाउनपछि उद्योगधन्दा तथा कलकारखाना बन्द अवस्थामा रहेका छन् । दैनिक उपभोग्य सामान खरीद गर्न फाट्फुट् खुलेका पसलहरुमा किनमेलका लागि सर्वसाधारणको भीड लागेको देखिएको छ ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौं उपत्यकाका सडकमा न्यूनमात्रामा सवारी साधन चलेको बताएका छन् । यसैगरी वीरगञ्ज,बुटवल,भैरहवा,पोखरा,बिराटनगर लगायतका शहरहरु पनि सरकारले घोषणा गरेको आदेशपछि विहानैदेखि सुनसान भएका छन् ।
 

डकमा खटिएका नेपाल प्रहरी,शसस्त्र प्रहरी तथा ट्राफिक प्रहरीले अत्यावश्यक सेवाका सवारी र प्रेस पास बोकेका सञ्चारकर्मी र सम्वन्धित निकायबाट अनुमतिपत्र(पास) लिएका पास लिएका सवारी, अस्पताल जाने सर्वसाधारणलाई आवतजावत गर्न रोकेका छैनन् तर सर्वसाधारणको साधन भने चल्न दिएका छैनन्  ।

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाले सार्वजनिक यातायात चलेका छैनन् भने सर्वसाधारणको आवागमन पनि निक्कै कम रहेको छ ।

सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको संख्या नगन्य अवस्थामा छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्