ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भिडियोको क्वालिटी घटाउँदै फेसबुक 

२०७६ चैत, ११  
अन्तरराष्ट्रिय
Image Not Found

चैत ११, सन फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले भिडियोको क्वालिटी घटाउने भएको छ । कोरोना भाइरस महामारीनियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण विश्वभर करीब १ अर्ब मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । 

यस्तोमा  खपत अभूतपूर्व रुपमा बढेर इन्टरनेट धराशयी हुने अवस्थामा पुगेको भन्दै यूरोपेली संघ (ईयू) ले गरेको आग्रहलाई मानेर कम्पनीले यस्तो कदम चालेको हो । पछिल्लो निर्णयअनुसार फेसबुकले यूरोपेली मुलुकहरुमा फेसबुक र इन्स्टाग्राममा स्ट्रिम हुने भिडियोको क्वालिटी घटाउनेछ । 

डाटा ट्राफिकमा भइरहेको वृद्धिलाई धान्न सक्ने क्षमता आफूहरुसँग भएता पनि धेरैभन्दा धेरै मानिसहरु घरबाटै इन्टरनेटमा काम गरिरहेको हुँदा नेटवर्कमा जाम हुने समस्या बढ्न सक्ने यूरोपेली दूरसञ्चार सेवा प्रदायकहरुले बताएका थिए ।

 ‘नेटवर्क जाम हुने जोखिमलाई हटाउन हामी यूरोपभित्र फेसबुक र इन्स्टाग्राम भिडियोको बिट रेट घटाउने छौं’, फेसबुक प्रवक्ताले भने । 

यूरोपमा इन्टरनेट धराशयी हुने जोखिम नहट्दासम्म भिडियोको क्वालिटी घटाइनेछ । इन्टरनेटमाथिको चाप कम गर्न युट्युब, नेटफ्लिक्स, अमेजन र डिज्नी पनि केही दिन अघि यूरोपेली देशमा भिडियो स्ट्रिमिङको स्तर घटाउने निर्णय गरेका थिए । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्