ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना विरुद्ध लड्न धितोपत्र बोर्डको ५० लाख सहयोग  

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले कोरोना भाइरस (कोभिड –१९) विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा रू. ५० लाख दिने भएको छ ।

सेबोनका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस (कोभिड –१९) विरुद्ध नेपाल सरकारबाट भइरहेको प्रयास तथा आ- आफ्नो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट  आह्वान गरिए वमोजिम कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रण उपचार कोषमा  उक्त रकम सहयोग गरिएको उल्लेख छ ।

साथै सेबोनले पूँजीबजार सम्बद्ध अन्य निकायहरुलाई पनि यथाशक्य सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्