ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सार्वजनिक सेवा सामान्य नहुँदासम्म बीमालेख व्यतित नहुने

२०७६ चैत, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११,  काठमाडौं । बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोराना भाइरस(कोभिड–१९) का कारण सरकारले अत्यावश्यक सेवाबाहेकका सेवाहरु बन्द गरुन्जेलसम्मका लागि किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने बताएको छ ।

समितिले बीमा कम्पनीहरुलाई जिवन बीमातर्फ हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणबाट बीमा लेख व्यतित नहुने र सवै सार्वजनिक सेवा सामान्य भएको मितिले १५दिनभित्र किस्तामा व्याज नलाग्ने व्यवस्था मिलाउन पनि भनेको छ । 

त्यस्तै समितिले निर्जीवन बीमातर्फ बीमालेखको अवधि समाप्त हुनुअघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था मिलाउन  र बीमालेख जारी गर्दा या नविकरण गर्दा जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न व्यवस्था मिलाउन पनि बीमा कम्पनीहरुलाई भनेको छ   ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्