ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाबाट विश्वभरि १६५५८ जनाको मृत्यु (अपडेट)    

२०७६ चैत, ११  
अन्तरराष्ट्रिय
NA

चैत ११, जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण मंगलवारसम्म १६ हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि ३ लाख ८१ हजार ७६१ जना कोरोना भाइरस संक्रमित भएका छन् ।   
संक्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि घर फर्किएका छन् । २ लाख ६२ हजार ७७४ व्यक्ति हाल संक्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।     

चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको कोभिड–१९ लाई डब्लुएचओले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । कोरोना भाइरस संक्रमणबाट चीनभरी ३ हजार २७७ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार १७१ जना संक्रमित रहेका छन् । मंगलवार प्राप्त एक समाचारअनुसार ७३ हजार १५९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।     
  
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको संक्रमणको कारण ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ । हाल ६३ हजार ९२७ जना संक्रमित रहेका छन् । हालसम्म ७ हजार ४३२ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।     
   
इरानमा कोरोना भाइरसको संक्रमणको कारण १ हजार ८१२ व्यक्तिको मृत्यु भएको छ । हाल १२ हजार ८६१ जना सङक्रमित रहेका छन् । ७ हजार ८३७६ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।     
  
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा २ हजार ३११ व्यक्तिको मृत्यु भएको छ । हाल २९ हजार ४७० जना संक्रमित रहेका छन् । हासम्म ३ हजार ३५५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् ।     

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ५८२ व्यक्तिको मृत्यु भएको छ । हाल ४५ हजार २६८ जना संक्रमित छन् भने, २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।फ्रान्समा कोरोना भाइरस संक्रमणको कारण ८६० जनाको मृत्यु भएको छ । हालसम्म १६ हजार ७९६ संक्रमित रहेका छन् भने २ हजार २०० उपचारपछि घर फर्किएका छन् ।     

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । ५ हजार ४१० संक्रमित भएका छन् । हालसम्म ३ हजार ५०७ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १२० व्यक्तिको मृत्यु भएको छ । ८ हजार ५४४ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।     

बेलायतमा कोरोना भाइरस संक्रमणको कारण ३३५ व्यक्तिको मृत्यु भएको छ । ६ हजार १८० सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २१३ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ५३४ संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।     

अष्ट्रियामा कोरोना भाइरस संक्रमणको कारण २१ व्यक्तिको मृत्यु भएको छ । ४ हजार ४४४ संक्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।     

बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण ८८ व्यक्तिको मृत्यु भएको छ । ३ हजार २५४ संक्रमित भएका छन् । यसैबीच ४०१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १० व्यक्तिको मृत्यु भएको छ । २ हजार ६०१ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।     

कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ३४, स्वेडेनमा २७, पोर्चुगलमा २३, क्यानाडामा २४, डेनमार्कमा २४ मलेशियामा १४, आयरल्याण्डमा ६, पोल्याण्डमा ८, ग्रीसमा १७, इन्डोनेशियामा ४९ र फिलिपिन्समा ३३ हङकङमा ४, इराकमा २३, अल्जेरियमा १७ , भारतमा १०, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिंगापुरमा २, रुसमा १, पेरुमा ५, मेक्सिकोमा ४, इजिप्टमा १९, पानामा ६ अर्जेन्टिनामा ४, लेवनान ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमरिनोमा २०, हंगेरीमा ८, मोरोक्कोमा ४, अफगानिस्तानमा १, नाइजेरियामा १, बंगलादेशमा ३, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको जनाइएको छ । रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्