ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढ्यो

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठाडौं । फागुन मसान्तसम्ममा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा वृद्धि भएको छ । 

एनएमबि फिप्टी  र एनएमबि हाईब्रिड फण्ड एल १ को प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो । फागुन मसान्तसम्ममा एनएमबि हाइब्रिड फण्ड एल १को प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू.११ दशमलव ११ रहेको छ  । 

यो मूल्य माघ मसान्त सम्ममा रू.११ थियो । त्यसैगरी एनएमबि फिप्टीको प्रतिइकाई खुद सम्पत्तिको मूल्य फागुन मसान्तसम्ममा रू.१० दशमलव ६२ रहेको छ । यो मूल्य माघ मसान्तसम्ममा रू.१० दशमलव ५४ थियो । फागुन मसान्त सम्ममा एनएमबि हाईब्रिड फण्ड एल १ ले रू. १० करोड ९१ लाख नाफा कमाएको छ । यस योजनाले माघ मसान्तसम्ममा रू.९ करोड ८७ लाख नाफा कमाएको थियो ।

 त्यसैगरी एनएमबि फिप्टीले फागुन मसान्तसम्ममा रू.७ करोड ७३ लाख नाफा कमाएको छ । यस योजनाले माघ मसान्त सम्ममा रू.६ करोड ७५ लाख नाफा कमाएको थियो । 

एनएमबी फिप्टीले फागुन मसान्तसम्ममा सूचीकृत शेयर, सार्वजनिक निष्कासन, हकप्रद शेयर, बोनस शेयर, ऋणपत्र मुद्दति निक्षेप गरेर कुल रू.५० करोड ६६ लाख लगानी गरेको छ । यस योजनको लगानी माघ मसान्तसम्ममा रू.४७ करोड ३४ लाख थियो ।
 

एनएमबि हाईब्रिड फण्ड एल १ को सूचीकृत शेयर, ऋणपत्र बोण्ड, सार्वजानिक निष्कासन, हकप्रद शेयर,बोनस शेयर र मुद्दति निक्षेपमा गरेर कुल रू.८४ करोड ७८ लाख लगानी रहेको छ । 
यस योजनाको माघ मसान्तसम्मा लगानी रू.८८ करोड ९९ लाख थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्