ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिइकाई खुद मूल्य बढ्यो 

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । माघ महीनाको तुलनामा एनआईबिएल समृद्धि फण्ड–१ के प्रतिइकाई खुद मूल्य बढेको छ ।

माघ मसान्तसम्म रू. ११ दशमलव ३० रहेको प्रतिइकाई खुद मूल्य फागुन महीनामा रू.११ दशमलव ४४ कायम भएको छ । फागुन महीनासम्म योजनाले रू. १४ करोड नाफा गरेको छ । यो नाफा माघ महिनामा रू. १२ करोड ५९ लाख थियो ।

 माघ महीनामा रू.१४ करोड ११ लाखभन्दा बढी आम्दानी गरेको उक्त योजनाले फागुन महीनामा रू.१५ करोड ६९ लाखभन्दा बढी आम्दानी गरेको छ । फागुन मसान्तसम्म रू. ९० करोड १९ लाखभन्दा बढी लगानी गरेको उक्त  योजनाको बजारमूल्य रू.९५ करोड ४८ लाख रहेको छ ।

योजनाको लगानीको बजारमूल्य लागतभन्दा कम रहेको छ भने बैंक मौज्दातमा रू. १८ करोड ३७ लाख ९३ हजार रहेको छ । उक्त योजना एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्