ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईबिएल प्रगति फण्डको नाफा बढ्यो 

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको  एनआईबिएल प्रगति फण्डको नाफा बढेको छ । माघ महीनाको तुलनामा फागुन महिनामा फण्डको नाफा बढी भएको हो ।

एनआईबिएल प्रगति फण्डले माघ महीनासम्म रू.१० करोड ९ लाख १२ हजार नाफा गरेकोमा फागुन महीनामा रू.१० करोड ८६ लाख ३४ हहजार नाफा गरेको छ । 

उक्त फण्डले फागुन महीनामा रू. ११ करोडभन्दा बढी आम्दानी गरेको छ भने रू.९४ लाखभन्दा बढी खर्च गरेको छ । माघ महीनामा एनआईबिएल प्रगति फण्डको आम्दानी रू.१० करोड ९३ लाख २४ हजार थियो भने रू. ८४ लाख १२ हजार खर्च भएको छ । 

प्रतिइकाई खुद मूल्य रू.९ दशमलव ७३ कायम भएको छ । माघ महीनामा यो मूल्य रू. ९ दशमलव ६३ थियो । एनआईबिएल प्रगति फण्डले फागुन मसान्तसम्म धितोपत्र दलाल कमिसन सहित रू. ७१ करोड ८६ लाखभन्दा बढी कुल लगानी गरेको छ । फण्डले सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयरमा उक्त रकम लगानी गरेको हो । 

फण्डको वित्तीय विवरण अनुसार लगानीको बजार मूल्य भने कम रहेको छ । माघ महीनासम्म रू. ६५ करोड २८ लाख भन्दा बढी बजारमूल्य रहेकोमा फागुन महीनासम्म यो मूल्य रू.६६ करोड ७८ लाखभन्दा बढी कायम भएको छ । फण्डको बैंक मौज्दात रू. ५ करोड १८ लाखभन्दा बढी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्