ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनआईबिएल सहभागिता फण्ड १ करोड ३० लाखभन्दा बढी नाफामा 

२०७६ चैत, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । एनआईबिएल सहभागिता फण्डले माघ महीनामा रू. १ करोड ३० लाखभन्दा बढी नाफा गरेको छ ।

 यो नाफा फागुन मसान्तसम्ममा भने रू. १ करोड ३२ लाख ५१ हजार रहेको छ । फागुन महीनामा माघ महीनाकोभन्दा बढी आम्दानी उक्त योजनाले गरेको छ । 

गत माघ महीनामा रू.१ करोड ५६ लाख आम्दानी गरेको आयोजनाले फागुन महीनामा रू.१ करोड ६१ लाखभन्दा बढी आम्दानी गरेको छ । माघ महीनाभन्दा फागुनमा प्रतिइकाई खुद मूल्य पनि बढी भएको छ । 

माघ महीनामा रू. १० दशमलव ६१ रहेको प्रतिइकाई खुद मूल्य रहेको उक्त  योजनाको फागुन महीनामा रू. १० दशमलव ६२ कायम भएको छ । योजनाले गरेको कुल लगानीको बजार मूल्य लागतभन्दा बढी रहेको छ । सूचीकृत शेयर, ऋणपत्र र बैंक मुद्दती निक्षेपमा लगानी गर्दाको कुल लागत रू. १४ करोड ९८ लाखभन्दा बढी रहेको छ । 

यो लागत मूल्य भने फागुन महीनासम्म रू. १५ करोड ७ लाख कायम भएको छ । उक्त योजनाको बैंक मौज्दात रू. ७ करोड ५७ लाखभन्दा बढी रहेको छ । यो फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्