ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना प्रभाव : अमेरिकी डलरको भाउमा उच्च वृद्धि        

२०७६ चैत, ११  
समाचार
Image Not Found

चैत ११, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।     

नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रासमेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।     

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको विक्री दर १२२ रुपियाँ ३४ पैसा र खरीद दर १२१ रुपियाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपियाँ २० पैसा रहेको थियो भने विक्री दर ११५ रुपियाँ ८० पैसा रहेको थियो ।     

केन्द्रीय बैंकका अनुसार यूरो एक बराबर खरीद दर १२९ रुपियाँ ९३ पैसा र विक्री दर १३० रुपियाँ ५७ पैसा तोकिएको छ । यस्तै पाउण्ड स्टर्लिङ एक बराबर खरीददर १४० रुपियाँ ११ पैसा र विक्री दर १४० रुपियाँ ८० पैसा तोकिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्