ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाविरुद्ध लड्न सुदूरपश्चिम प्रदेश सरकारबाट ११ करोड ५० लाख विनियोजन    

२०७६ चैत, ११  
सुदूरपश्चिम प्रदेश
Image Not Found

चैत ११, डोटी । कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. ११ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारको मंगलवार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण रोकथाम, जोखिम न्यूनीकरणसहित उपचार गर्न र यहाँका तराईका जिल्लामा रहेका सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा रहेको आइसोलेसशन बेड निर्माणका लागि सो बजेट विनियोजन गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई रू.५ लाख, नगरपालिकालाई रू.४ लाख र गाउँपालिकालाई रू.३ लाख उपलब्ध गराउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।

त्यस्तै बैठकले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको विपद्लाई ध्यानमा राखी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महीनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्