ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन उल्लंघन गर्ने ६८ जना पक्राउ

२०७६ चैत, ११  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत ११, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि मंगलवारबाट शुरु भएको देशव्यापी लकडाउन उल्लंघन गर्ने  ६८ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरीले सम्झाई बुझाई गर्दासमेत अटेर गरी लकडाउन उल्लंघन गर्नेहरुमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई नियन्त्रणमा लिएको  केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।

लकडाउन उल्लंघन गरी सञ्चालन भएका १ हजार ५७१ ओटा सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्