ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसेलद्वारा रू. १० करोड सहयोग

२०७६ चैत, १२  
बजार
NA


काठमाडौं (अस) । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा एनसेलले रू. १० करोड सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको प्रभावकारी उपचारमा गर्ने उद्देश्यले कोष स्थापना गरेको सरकारले बताएको छ । कोरोनाबाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको एनसेलको भनाई छ । सहयोगसँगै नेपाल सरकार र आम नागरिकसँग एक भई कोरोनाविरुद्ध लड्न र संक्रमण फैलिन नदिन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 
स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै अहिलेसम्म रू. ८० करोड भन्दाबढी योगदान गरिसकेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्