ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

परिसंघद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

२०७६ चैत, १२  
बजार
NA


काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ४९ थान निजी सुरक्षा उपकरण (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट–पीपीई) हस्तान्तरण गरेको छ । कोरोना संक्रमितलगायतको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने उक्त सामग्री मंगलवार परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डा. विकास देवकोटालाई हस्तान्तरण गरे । 

हाल परिसंघसँग उपलब्ध रहेको सामान उपलब्ध गराएको बताइएको छ । अन्यत्रबाट आयात गर्न लागिएका आवश्यक सामग्रीहरू समेत भविष्यमा उपलब्ध गराउने उनले जानकारी दिएका छन् । संकटको यो घडीमा स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउनु पहिलो कर्तव्य हुने ठानेर परिसंघले उपकरणहरू हस्तान्तरण गरेको अध्यक्ष मोरले बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्