ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिकमद्वारा जरिवाना मिनाहा

२०७६ चैत, १२  
बजार
NA

काठमाडौं (अस) । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि लकडाउन अवधिभरको जरिवाना मिनाहा गर्ने भएको छ । ल्यान्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना मिनाहा गर्ने टेलिकमले बताएको छ । यस्तै कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउनुका साथै समयावधि सकिएका लाइनको म्याद लकडाउन अवधिभर थप गर्ने बताएको छ । विश्वव्यापी संकटको अवस्थामा पनि आफ्नो सम्पूर्ण सेवा सूचारु राख्ने प्रतिबद्धता पनि टेलिकमले व्यक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्