ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

त्रिशूली गल्छीको पीपीए खारेज

२०७६ चैत, १२  
समाचार
NA


काठमाडौं (अस) । प्रवर्द्धक सिद्धकाली पावर कम्पनीले लगानी जुुटाउन नसकेपछि त्रिशूली गल्छी जलविद्युत् आयोजना (७५ मेगावाट)को विद्युत् खरीद सम्झौता (पीपीए) खारेज भएको छ । कम्पनीले तोकिएको समयमा आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सीयल क्लोज) गर्न नसकेपछि विद्युत् विकास विभागले विद्युत् उत्पादनको अनुमतिपत्र नै खारेज गरेको थियो । अनुमतिपत्र खारेज भएपछि नेपाल विद्युत् प्राधिकरणले पनि कम्पनीसँगको पीपीए खारेज गरेको हो ।

प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २० गते पीपीए भएको थियो । पीपीए भएको २१ महीनाभित्र कम्पनीले लगानी जुटाउनुपर्ने थियो । तर, कम्पनीले सम्झौताअनुसार काम अगाडि बढाउन नसकेपछि पीपीए खारेज गरिदिएको प्राधिकरणको भनाइ छ ।

विभागबाट उत्पादनको अनुमति लिएको ३ वर्षभित्र कम्पनीले  आयोजनाको फाइनान्सियल क्लोजर गर्नुपर्ने थियो । त्यो म्यादमा फाइनान्सियल क्लोजर हुन नसकेपछि विभागले अनुमतिपत्र खारेज गरेको थियो । प्राधिकरणले पटक पटक लगानी जुटाएर निर्माण अगाडि बढाउन निर्देशन दिए पनि कम्पनीले कुनै पनि कार्य अगाडि बढाउन नसेपछि अनुमतिपत्र र पीपीए दुवै खारेज गरिएको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्