ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना रोकथाम कोषमा कांग्रेसले ५० लाख दिने

२०७६ चैत, १२  
समाचार
NA


काठमाडौं (अस) । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना जोखिमको रोकथामका लागि स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ दिने भएको छ ।

सरकारले स्थापना गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट रूपमा ५० लाख दिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसका संघीय सांसदहरूले १५ दिनको तलब यो कोषमा दिने निर्णय यसअघि नै भइसकेको छ ।

कांग्रेसले ‘लकडाउन’ले दैनिक मजदूरी गर्नेहरूको चुल्हो नै बन्द हुने भएकाले विशेष प्याकेज ल्याउनुपर्ने बताएको छ । आफूहरूले सरकारको निर्णय आत्मसात् गरेको तर यसले ल्याउने जटिलतालाई सम्बोधन गर्नुपर्ने कांग्रेस प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारलाई १२ बुँदे सुझाव दिएको छ जसमा बेरोजगारहरुलाई लक्षित गरी विशेष राहत योजना अविलम्ब निर्माण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्