ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्ज नाका ठप्प 

२०७६ चैत, १२  
समाचार
NA


वीरगञ्ज (अस) । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउनको प्रभाव मुख्य नाका वीरगञ्जमा परेको छ । मंगलवार वीरगञ्ज नाका ठप्प रह्यो । 

वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र एम्बुलेन्सलाई मात्रै ओहोर दोहोर गर्न दिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिए । वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहले नाकाबाट आयातनिर्यात ठप्प भएको बताए । सामान्य अवस्थामा ४५ करोड रुपैयाँसम्म राजस्व उठ्ने यो नाकामा विगत ३ दिनमा दैनिक औसत १० करोड रुपैयाँको हाराहारीमा राजस्व उठेको भन्सारले बताएको छ । मंगलवार पेट्रोलियम पदार्थ बोकेका गाडीमात्रै जाँचपास भएको छ ।

प्रवेशद्वारमै ग्यास अभाव 
ग्यास भित्रिने मुख्य नाका वीरगञ्जमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । वीरगञ्जमा मनोज ग्यासको अभाव बढी देखिएको हो । वीरगञ्जको पानीट्याङ्कीस्थित डिलरमा उपभोक्ताको लाइन लागेको थियो । सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि ग्यासको लाइनमा त्योभन्दा बढीको भीड लागेको थियो । दिउँसो २ बजेसम्म लाइनमा बस्दा पनि ग्यास नपाएर उपभोक्ता रित्तै फर्किएका थिए । उद्योगले ग्यासको मागअनुसार आपूर्ति नगरेका कारण अभाव देखिएको ग्यास विक्रेता महासंघ नेपालका उपाध्यक्ष गणेशमान श्रेष्ठले बताए । ग्यास नपाएको र उपभोग्य वस्तुको मूल्य बढी लिएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । बुधवारदेखि तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सामानका पसलको अनुगमन गर्ने र कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने उनले बताए ।

लक डाउन उल्लंघन गर्ने पक्राउ 
यसैबीच, वीरगञ्जमा लक डाउन उल्लंघन गर्ने पक्राउ परेका छन् । सरकारले घरमै बस्न आग्रह गरे पनि मानिसहरू सडकमा निस्किएपछि पर्सा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको हो । वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका उनीहरूलाई २ घण्टाजति नियन्त्रणमा राखेर छोडिएकोे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । लक डाउन उल्लंघन गरेर चलाइएका २९ ओटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया [1]
User Image

बिरेन्द्र कर्न

[Mar 25, 2020 03:49am]

सरकार ले खाधानन पसल खुलला राखने भनिये पनि प्रशासन र प्रहरी ले भिडभाड भयाे भनि लाठि चार्ज गर्दा उपभाेता मार मा परेकाे छ ।


प्रतिक्रिया दिनुहोस्