ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारी बैंक चलाउन विदेशी

२०७६ चैत, १२  
१० वर्ष अघि
NA

पूर्ण र आंशिक सरकारी स्वामित्वका क्रमशः राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी नियुक्ति पाउन नेपालीहरूका अतिरिक्त अमेरिकी र बंगलादेशी बैंकर्सहरूले आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकले ती दुई बैंकका प्रमुख कार्यकारीमा नियुक्तिका लागि गत शुक्रवारसम्मको समय दिएर दरखास्त माग गरेका दुवै बैंकको लागि १३–१३ जनाको आवेदन परेको छ, जसमा ३–३ जना विदेशी र बाँकी स्वदेशी छन् । विदेशीमध्ये दुवै बैंकमा दुई दुई जना अमेरिकी र एकजना बंगलादेशी नागरिकले आवेदन दिएको जानकारी राष्ट्र बैंकले स्रोतले दियो । यस अगाडि नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन दिएका जनक शाहले यसपटक पनि आवेदन दिएको बताइएको छ । त्यतिबेला शाहको प्रतिस्पर्धी रहेका अनिल शाहले भने यसपटक आवेदन दिएका छैनन् । त्यतिबेला अनिल शाहले मासिक करिब १० लाख र जनक शाहले मासिक करिब साढे दुई लाख रुपैयाँ तलबको दाबीसहित आवेदन दिएका थिए । दुवैका माग दाबीमा ठूलो अन्तर रहेको भन्दै राष्ट्र बैंकले सम्पूर्ण प्रक्रिया नै रद्द गरेको थियो । 

त्यस्तै नेपाल बैंककै पूर्वप्रमुख कार्यकारी अधिकृत क्रेक स्याक एलिस्टर, कृषि विकास बैंकका पूर्वकार्यकारी अध्यक्ष देवेन्द्र प्रताप शाह, नेपाल बैंककै कर्मचारीहरू किरण श्रेष्ठ र महेश ढकाल रहेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यको पदावधि यही जनवरी १६ तारिखमा सकिँदैछ । त्यही कारण राष्ट्र बैंकले दुवै बैंकको प्रमुख कार्यकारी नियुक्तिका लागि एकै पटक प्रक्रिया सुरु गरेको हो । आचार्यले भने नियुक्तिका लागि आवेदन नै दिएका छैनन् ।

वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्