ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंकिङ जोखिमको स्रोत

२०७६ चैत, १२  
लेख | दृष्टिकोण
NA
author avatar नारायण राज अधिकारी

भारतमा नाम चलेको वाणिज्य बैंक समस्याग्रस्त भएको समाचारले बैंकिङ क्षेत्रमा चासो राख्ने हरेक व्यक्ति विशेषको ध्यान आकर्षित ग¥यो । नेपालमा पनि विगतमा केही नाम चलेका बैंक तथा वित्तीय संस्था यसैगरी समस्यामा परिसकेका उदाहरण छन् । संंसारभर विभिन्न समयमा भएका अध्ययन अनुसन्धानले बैैंक तथा वित्तीय संस्था समस्यामा आउनुको मूल कारण जोखिमको उचित व्यवस्थापन नहुनुलाई देखाएको छ । रूपमा कमजोर संस्थागत सुशासन र कमजोर अनुगमन एवं नियन्त्रण प्रणाली भएका बैंक वित्तीय संस्थामा यस्ता समस्या देखिन्छन् । 

दैनिक कार्य सम्पादनमा हस्तक्षेप हुने गरी बढीभन्दा बढी नाफा कमाउन सञ्चालक समितिबाट उच्च व्यवस्थापनका कर्मचारीलाई दबाब दिने गरिएको छ भने त्यहाँ उच्च जोखिम हुने गर्छ ।

अंग्रेजी शब्द ‘रिस्क’लाई नै जोखिमको स्रोतको आधार तय गर्न खोजिएको छ । अंग्रेजी शब्द ‘आरआईएसके रिस्क’ को नेपालीमा अर्थ जोखिम हुन्छ । यसमा जम्मा चार अक्षर समावेश छन् । यिनै चारओटा अक्षरलाई आधार मानेर यसको विश्लेषण गर्न सकिन्छ । 

रिस्कमा आएको पहिलो अक्षर ‘आर’ ‘रेगुलेटोरी कम्प्लायन्स’ हो, जसको अर्थ हुन्छ नियमाकीय निकायबाट निर्देशित मार्गदशर्नको अनुपालना अर्थात् नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंकबाट जारी मार्गनिर्देशनको अक्षरशः पालना गर्नुपर्ने दायित्व बैंक वित्तीय संस्थाको हुन्छ । यदि पालनामा उदासीनता देखाइन्छ भने जोखिम यहीँबाट शुरू हुन्छ ।  दोस्रो अक्षर ‘आई’ को अर्थ हुन्छ ‘इन्फ्लुएन्स बाई बोर्ड’ अर्थात् सञ्चालक समितिको हस्तक्षेप । बैैक वित्तीय संस्था सञ्चालनका क्रममा दैनिक कार्य सम्पादनमा हस्तक्षेप हुने गरी बढीभन्दा बढी नाफा कमाउन सञ्चालक समितिबाट उच्च व्यवस्थापनका कर्मचारीलाई दबाब दिने गरिएको छ भने त्यहाँ उच्च जोखिम हुने गर्छ । तेस्रो अक्षर ‘एस’को अर्थ हुन्छ हुन्छ ‘सिस्टम प्रोसेस एन्ड प्रोसिडर’ अर्थात् बैंक सञ्चालनमा गर्नुपर्ने विभिन्न क्रियाकलापका लागि आवश्यक संयन्त्र र प्रणालीको विकास गरी प्रक्रियागत मार्गनिर्देशनको निर्माण । यसैबाट जोखिमको मूल्यांकन गर्ने हो । संस्थाको काम कारबाहीको तौरतरीका यदि व्यक्तिवादी छ भने उच्च जोखिम हुन सक्छ । चौथो अक्षर ‘के’ को अर्थ हो ‘नलेज अफ इम्प्लोई वर्किङ इन बैंक’ अर्थात् बैंैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सम्बन्धित क्षेत्रको ज्ञान अनुभवको स्तर । बैैंक वित्तीय संस्थामा कार्यरत उच्च र मध्यम व्यवस्थापनका कर्मचारी लगायत शाखा व्यवस्थापनमा कार्यरत कर्मचारीकोे सम्बन्धित क्षेत्रको ज्ञान अनुभवको आधारमा उनीहरूले गर्ने कार्य सम्पादनको जोखिमको स्तर तय गर्न सकिन्छ ।

रिस्कको चारओटा अलग अलग अक्षरले बैंकिङमा उत्पन्न जोखिमको मूल कारणको प्रतिनिधित्व गर्दछ । नियामकीय निकायले बैैंक वित्तीय संस्थामा हुन सक्ने विभिन्न जोखिम, जस्तै– कर्जा, सञ्चालन, बजार, ब्याजदर जोखिमलगायत अन्य जोखिम न्यूनीकरणका लागि आवश्यक मार्गनिर्देशन दिएको हुन्छ । निर्देशनको मर्मलाई आत्मसात् गरेर आवश्यक संयन्त्र प्रणालीको विकास गरी अक्षरशः पालना गर्ने हो भने धेरै हदसम्म जोखिमको व्यवस्थापन हुन्छ । निर्देशन पालनाको अवज्ञा गर्दा नै संस्था बन्द गर्ने अवस्थामा पुगेका हुन् ।

हालै भारतमा भएको समस्याग्रत बैंकको परिस्थिति पनि यस्तै हो । नेपालमा नियामकीय निकायले धेरै मेहनत गरेर जोखिम व्यवस्थापनको सूक्ष्म मार्गनिर्देशन जारी गरेको छ, जसको पालना पर्याप्त छ । संस्थागत सुशासनको पालना, सञ्चालन जोखिम न्यूनिकरण, कर्जा जोखिम न्यूनीकरण आदिका लागि कैंयौ मार्गनिर्देशन जारी गरिसकेको छ । ती अन्तरराष्ट्रिय अभ्यासभन्दा धेरै माथि छन् । बैैंक तथा वित्तीय संस्थाले नियामकीय निकायले दिएको निर्देशनको गलत अर्थ लगाई काम गरिरहेका छन् भने समस्याग्रस्त हुने कुरामा कुनै शंकै हुन सक्दैन । तसर्थ, जोखिम न्यूनीकरण गर्ने हो भने मर्म अनुसार त्यसको नियम पालना गर्नु श्रेयस्कर हुन्छ ।

केही बैैंक वित्तीय संस्थामा सञ्चालक समितिबाट कर्जा लगानी, कर्मचारी भर्ना अनि सरुवा बढुवा जस्ता दैनिक क्रियाकलापमा हस्तक्षेप भइरहेको यदाकदा सुनिने गर्छ । कुनै पनि संस्थाको सञ्चालक समितिको काम संस्थाको रेखदेख गर्न हो । संस्था सञ्चालनका लागि आवश्यक नीति नियम बनाउने र सो कार्यान्वयन गर्न उच्च व्यवस्थापनलाई खटाउने र सो अनुसार भए नभएको हेर्ने हो । तर नीति नियम नबनाउने, यो गर त्यो गर भनेर दैनिक क्रियाकलापमा उच्च व्यवस्थापानलाई मौखिक आदेश दिने अनि बढी नाफा कमाउन अनैतिक दबाब दिने काम गरिएमा संस्थागत सुशासनको हुँदैन र जोखिम बढ्छ । बैैंक वित्तीय संस्थालाई दीर्घकालीन रूपमा जोखिमरहित तरिकाबाट चलाउने हो भने संस्थागत सुशासनको विकल्प हुन सक्दैन ।

संस्था सञ्चालनका लागि सञ्चालक समितिबाट प्राप्त नीति निर्देशन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र प्रणालीको विकास गर्नुपर्छ । उचित प्रक्रियाको अभ्यास गरिनुपर्छ तबमात्र जोखिम न्यूनीकरण गर्न सकिन्छ । सञ्चालक समितिबाट मौखिक आदेश लिने अनि कामकारबाही पनि कुनै प्रक्रियाविनै हचुवाको भरमा गर्ने हो भने संस्थामा व्यक्ति हाबी हुने खतरा रहन्छ । व्यक्ति हाबी भएको संस्थामा सञ्चालन जोखिम अधिक रहन्छ । कुनै प्रणाली प्रक्रियाको अभ्यास नभएको संस्थाको कार्य सम्पादनमा एकरूपता हुँदैन । त्यस्ता किसिमका संस्थामा काम गर्ने कर्मचारी सधैं के गर्ने के नगर्ने भन्नेबारे निश्चित हुन सक्दैनन्, जसकारण विभिन्न किसिमका जोखिम उत्पन्न हुन्छन् । र, दीर्घकालमा संस्था नै बन्द पनि हुन सक्छ । तसर्थ के काम कसरी कसले गर्ने भन्ने प्रणाली र प्रक्रियाको विकास गर्नुपर्ने कुरालाई यसले जोड दिएको छ ।

कुनै पनि संस्थामा जतिसुकै राम्रो प्रणाली र प्रक्रिया बनाइएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने दक्ष एवं अनुभवी कर्मचारीले नै हो । यदि कर्मचारीको दक्षता पुगेन भने जोखिम न्यूनीकरण हुन सक्दैन । किनभने प्रणाली र प्रक्रियाको मर्म बुझेर त्यसलाई कार्यान्वयन गर्ने भनेको कर्मचारीले नै हो । त्यसले आफै काम गर्न सक्दैन । वर्तमान परिप्रेक्ष्यमा बैंकिङमा खास गरी मध्यम तह र शाखा व्यवस्थापन तहमा अनुभवी एवं दक्ष कर्मचारीको अभाव चुलिँदै गएको सुन्न पाइन्छ । कर्मचारीलाई दक्ष एवं अनुभवी बनाउन बजारमा विभिन्न किसिमका तालीम उपलब्ध छन् । त्यसमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन । दक्ष कर्मचारीको अभावमा जोखिम न्यूनीकरण हुन सक्दैन । 

जोखिम सर्वत्र छ । व्यावसायिक जोखिमको उचित व्यवस्थापन गर्न सकिएन भने यसले संस्थालाई तहसनहस पार्छ । त्यसैले रिस्कको सही अर्थ बुझेर यसको पालना गर्न सकिएको खण्डमा जोखिमलाई कम गरी संस्थाको भविष्य उज्ज्वल बनाउन सहज पुर्‍याउने देखिन्छ ।

लेखक बैंकर हुन् 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्