ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना–प्रकोप : वित्तीय अपराधीका लागि ‘अवसर’ र ‘वाध्यता’

कारण प्रभाव र नियन्त्रणका उपाय

२०७६ चैत, १२  
लेख | दृष्टिकोण
NA
author avatar प्रकाश भण्डारी

कोरोना भाइरसले अहिले सम्पूर्ण विश्व नै संक्रान्त भै रहेको मौका छोपी कपतिपय आपराधिक मनोवृतिका व्यक्ति तथा संस्थाहरु आफ्नो कुत्सित स्वार्थपूर्तिका लागि वित्तीय एवं अन्य किसिमका अपराध कर्म गर्न प्रोत्साहित भएको पाइएको छ ।

आखिर विश्व नै यसरी अकल्पनीय ‘दुःख’मा छटपटाइरहेको बेलामा समेत कसरी कुनै व्यक्तिमा आपराधिक मानसिकता हावी हुन्छ भन्ने कुरा विस्तृत मनोवैज्ञानिक अनुसन्धानको विषय हुन सक्छ तर यो संकटले त्यस्तो मानसिकता भएकाहरुलाई कसरी ठगी जस्ता वित्तीय अपराध गर्न थप प्रोत्साहन दिएको छ भनेर चाँहि यो सानो आलेखमा संक्षेपमा चर्चा  गर्ने प्रयास गरिएको छ ।

यस्तै परिस्थितिको आलोकमा हालै मात्र  ुइन्टरपोलुले पनि मुखौटी (मास्क) देखि लिएर अन्य औषधि खरीद गर्दा समेत सावधानी अपनाउन विश्व समुदायलाई आह्वान गरेको छ ।अहिले जसरी कोरोना विश्वभरि नै फैलिएको छ त्यसै गरी वित्तीय अपराधकर्म पनि विश्वभरि  मौलाएको उसको ठहर छ ।

अपराधका प्रकृति 

सुप्रसिद्द अपराध विज्ञ डोनाल्ड क्रेसीका अनुसार कुनै पनि व्यक्तिलाई ठगी जस्ता वित्तीय अपराध गर्नको लागि ‘अवसर’ र ‘वाध्यता वा दबाब’ र ‘औचित्य पुष्टि’जस्ता तीन ओटा मनोवैज्ञानिक तत्त्वहरुले प्रेरित गरिरहेका हुन्छन् ्र यही तीन ओटा मनोवैज्ञानिक तत्त्वहरु मिलेर नै  ठगीको त्रिकोण बन्ने गर्दछ ।

गत एक महीनाको अवधिमा मात्र वेलायतमा कोरोनाको वहानामा बिभिन्न व्यक्तिहरुबाट १० लाख पौण्ड जति बराबरको रकम ठगी भै सकेको समाचारहरु सार्वजनिक भएका छन् । कसरी यो कोरोना प्रकोप ठगि धन्दा गर्ने हरुको लागि ‘अवसर’ को रुपमा उदाएको छ भन्ने चर्चा गर्नु पूर्व अहिले कोरोना प्रकोपको मौका छोपेर प्रचलनमा रहेका  त्यस्ता ठगीका केही प्रकृतिहरु केलाउने प्रयास गरौं ।

इन्टरपोलका अनुसार अहिले यस्ता ठगहरुले उपयोग गरेका ठगीका माध्यमहरुमा टेलिफोन ठगि, तथा व्यक्तिका क्रेडिट कार्ड जस्ता संवेदनशील सूचनाहर  चोर्ने ‘फिसिंग’, आदि मुख्य छन्  ।

टेलिफोनको मध्यमबाट ठगी गर्नेहरुले कोरोनाका शिकार भएर उपचार गराइरहेका वा उपचारको पर्खाइमा रहेकाहरुलाई फोन गरी बिभिन्न वहानामा रकम माग गरी ठग्ने गरेका छन् ।  कतिपय अवस्थामा आफूलाई प्रहरी वा अस्पताल तथा बैंकको आधिकारिक व्यक्तिको रुपमा परिचित गराई कुनै व्यक्तिको आफन्त विरामी भएको र उसको उपचारको लागि रकम आवश्यक भएको वहाना गरेर समेत रकम ठगी गर्ने गरेको पाइएको छ  ।

फिसिंग अन्तर्गत चाहिँ आधिकारिक रुपमा सरकारी जस्तै लाग्ने गरी ठगहरुले कोरोना भाइरस पिडितहरुको उपचार र कल्याणको लागि राष्ट्रिय वा अन्तरराष्ट्रिय  स्तरको  कोष बनाउन लागिएको भनी रकम माग गर्ने गरेको पाइएको छ ्र यस्ता आह्वानलाई सम्वोधन गर्ने क्रममा कतिपय कमलो हृदय भएकाहरु  निस्वार्थ भावले योगदान गर्ने आफ्नो आकांक्षा पूरा गर्ने क्रममा ठगिन पुग्दछन् । 

अमेरिकामा ट्वाइलेट  पेपर किन्नदेखि लिएर नेपलमा मुखौटी किन्न समेत हारालुछ भएको सामाजिक परिस्थितिमा कतिपयले नाम मात्रका अनलाइन पसल समेत संचालन गरी मास्क, सेनीटैजर जस्ता वस्तुहरु उपलब्ध गराउने भनेर पनि ठगी गरेको समाचार आउन थालेका छन्  । त्यति मात्र होइन कोविड १९ को वारेमा ताजा ताजा जानकारी दिने भनी निश्चित वेब ठेगानामा क्लिक गर्न लागएर व्यक्तिगत विवरणहरु चोरी गरी साइवर अपराध गर्नेहरुको संख्या पनि दिनदिनै बढिरहेको बताइन्छ  ।

अहिलेसम्म आधुनिक औषधी विज्ञानले पत्ता लगाउन नसकेको यो भाइरसको अचुक औषधी आफूसंग भएको भनी भ्रमपूर्ण विज्ञापन गर्ने व्यक्ति हुन् वा संस्था, तिनीहरु पनि कोरोना मार्फत वित्तीय अपराध गर्ने जमात मै पर्दछन् । यस्तो कुकर्म गर्नेहरुमा कतिपय स्वास्थ्यकर्मीहरु समेत रहेको कुरा प्रकाशित विज्ञापनहरु हेर्दा स्पष्ट अनुभव गर्न सकिन्छ  ।

मास्क मात्र होइन, दैनिक उपभोग्य  वस्तुहरुको समेत अस्वाभाविक मूल्य वृद्दि गराउने तथा तिनको  कृत्रिम अभाव सिर्जना गराउनेहरु पनि वित्तीय अपराधीहरुकै वर्गमा पर्दछन् ।
सामाजिक संजालहरुमा भ्रमपूर्ण सूचना सम्प्रेषण गरी समाजलाई थप आतंकित गर्ने र त्यसैको कारण कतिपयले आर्थिक नोक्सानी समेत व्यहोर्ने हुनाले त्यस्तो कर्मलाई पनि ठगी जस्तै वित्तीय अपराधकै कोटिमा राख्न सकिन्छ ।

अपराधको लागि ‘अवसर’  

विश्व स्वास्थ्य संगठनले ‘विश्वव्याधि’ घोषणा गरेको कोविड –१९ को कारण अहिले विश्व भरि नै सन्त्रास फैलिएको छ र यस्तो परिस्थितिमा कहीं कतैबाट आउने ‘ढाडस’ हरु प्रति आम मानिस सहजै विश्वास गर्न पुग्दछन् । यही आम मानिसहरुको साधारण ‘विश्वास’ गर्ने मनोविज्ञान नै ठगी मनोवृत्ति भएकाहरुको लागि ‘अवसर’ हुन पुगेको छ ।

अवसर कै कुरा गर्दा अर्को पक्ष पनि विर्सन हुदैन । अहिले नेपालमा मात्र होइन विश्वभरि नै कोरोना संक्रमणको त्रासले गर्दा अन्य अपराध कर्म गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने कुरालाई दोश्रो प्राथमिकतामा राखिनु जस्ता कारणले यस्ता वित्तीय अपराधीहरुको लागि अहिलेको विश्व सन्दर्भ एउटा सुनौलो मौकाको रुपमा रहेको  देखिन्छ ।


कोरोना भाइरसको कारण अमेरिकाको  फिलाडेल्फियामा प्रहरीले अहिले लागूपदार्थ, वेश्यावृत्ति तथा चोरीसंग सम्बन्धित अपराध कर्मलाई दोश्रो प्राथमिकतामा राखिने र त्यसमा संलग्नहरुलाई तत्काल गिरफ्तार आफ्नो कार्य योजना सार्वजनिक गरेको छ । विश्वका अन्य राष्ट्रहरुले पनि यही रणनीति अवलम्बन गर्ने घोषणा गरेका छन् । नेपाल मै पनि हालै मात्र नेपाल प्रहरीले अन्य अपराधलाई कम प्राथमिकता दिएर त्यसमा संलग्नलाई पहिला अनुसन्धान अनि पछि मात्र पक्राउ गर्ने रणनीति अख्तियार गर्ने कुरा सार्वजनिक भएको छ । यही रणनीति पनि अपराधीहरुको लागि ‘अवसर’ भएको  छ । 

अपराधको लागि ‘दवाव’

अब कोरोनाले ठगी मनोवृति भएकाहरुलाई कसरी दबाबको अवस्था सिर्जना गरी मनोवैज्ञानिक रुपमा प्रोत्साहित गरेको छ भन्ने बारेमा छोटकरीमा चर्चा गरौं । ठगी जस्तो वित्तीय अपराधको लागि वेरोजगारीलाई पनि जिम्मेवार मान्न सकिन्छ।  कोरोना प्रकोपको कारण अहिले विश्वभरि नै अनेकौं कम्पनीहरु या त बन्द भएका छन् या तिनले आफ्ना कैयौं कर्मचारीलाई अवकाश दिईसकेका छन् ।

नेपाल मै पनि अहिले नै कतिपय ठूला होटेलदेखि लिएर साना ठूला धेरै व्यवसायहरु बन्द भै सकेका छन् र तिनले कैयौंको रोजगारी माथि धावा बोलेका छन् । बढ्दो वेरोजगारी र महंगीको त्रासले अपराध कर्मलाई नै प्रोत्साहन गर्ने स्पष्ट छ ।

 अमेरिकाको लस अन्जलेस पोर्टमा अहिले नै २०० भन्दा बढी चालकहरुलाई अवकाश दिई सकिएको समाचार आएको छ भने नर्वेले पनि सवै क्षेत्रमा आधा भन्दा बढी कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ । यसले पनि ठगी  जस्ता वित्तीय अपराधीहरुको लागि ‘वाध्यता’को अवस्था सिर्जना गरेको मान्न सकिन्छ  । ‘अवसर’ र ‘वाध्यता’को बीचमा रहेर कुकर्मलाई ‘औचित्यपूर्ण’ सावित गर्नेहरु त झन् धेरै हुने नै भए ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्