ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : जर्मनीमा रू. ५ अर्ब ८२ करोडको पश्मिना सलको बजार

२०७६ चैत, १२  
अंक समाचार
Image Not Found


काठमाडौं (अस) । जर्मनी यूरोपमा पश्मिना सल खपतका लागि प्रमुख गन्तव्यको रूपमा रहिआएको छ । सन् २०१८ मा जर्मनीले कुल ५ करोड ११ लाख अमेरिकी डलर (रू. ५ अर्ब ८२ करोड) बराबरको पश्मिना सल आयात गरेको छ ।

जर्मनीले  विशेष गरी चीन, भारत र ईर्यू सदस्य मुुलुकहरूबाट ठूलो परिमाणमा पश्मिना सल आयात गर्दै आएको छ । यही सन्दर्भलाई दृष्टिगत गर्दै नेपालले पनि उपयुक्त रणनीति अंगीकार गर्ने हो भने जर्मनीको पश्मिना सल बजारमा महवŒवपूर्ण स्थान प्राप्त गर्न सक्ने सम्भावना छ । यसका लागि जर्मनीको सहकार्यमा पश्मिना सलको गुणस्तरसम्बन्धी व्यवस्था गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकेको खण्डमा जर्मनीको बजारले नेपाली पश्मिना सल क्षेत्रमा स्वर्ण युग ल्याउने निश्चित छ । यसका लागि हिमालयको काखमा उत्पादित ऊनबाट निर्मित पश्मिना सलको ब्राण्डमा उच्चकोटीको विशेष पश्मिना सल निर्यात गर्ने रणनीति अंगीकार गरिनु आवश्यक देखिन्छ । नेपाली पश्मिना सललाई जर्मनीमा शून्य भन्सार दरको सुविधा प्राप्त छ । यस अवस्थामा स्वदेशमा गुणस्तरीय उत्पादनमा वृद्धि गर्न सक्ने हो भने नेपाली पश्मिना सलले जर्मनीमा राम्रो बजार पाउन सक्ने देखिन्छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्