ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन उल्लंघन गर्ने  ३०० सवारी नियन्त्रणमा        

२०७६ चैत, १२  
समाचार
NA

चैत १२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ ।     
     
 महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।     
     
 घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले बताए ।अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए 

मंगलवार मुलुकका विभिन्न ठाउँबाट  १ हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलवारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्