ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना रोकथाममा कुनै कमी नगर्न मुख्यमन्त्रीको निर्देशन    

२०७६ चैत, १२  
प्रदेश ०२
NA

चैत  १२, जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस नियन्त्रणको प्रयासमा कुनै कमी नराख्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्  ।

मुख्यमन्त्री कार्यालयमा बुधवार बिहान बसेको बैठकमा मुख्यमन्त्री राउतले कोरोना भाइरस नियन्त्रणका लागि गरिएका तयारीबारे जानकारी लिएका छन् । साथै आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए ।     
     
 उक्त बैठकमा निमित प्रमुख सचिव नारायण दवाडी, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । यसैबीच, कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सामाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि छन् ।     
     
 सामाजिक विकास मन्त्रालयले धनुषाको नगराइनस्थित आयुर्वेद मेडिकल कलेजमा ५०, जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० र जानकी मेडिकल शिक्षण अस्पतालमा ६० श्ययाको क्वारेन्टाइन स्थापना गर्न लागिएको जानकारी गराएको छ ।

साथै वीरगञ्ज, सिरहाको धनगढी, सप्तरी र रौतहट जिल्लामा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाउन थालिएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्