ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो  

२०७६ चैत, १२  
समाचार
NA

चैत १२,काठमाडौं  । कोरोना भाइरस(कोभिड–१९) को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा बुधवार कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिए ।

उनका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनले ती व्यक्तिको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताए । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवातीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्यांकअनुसार ६८७ मा कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्