ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा कोरोनाबाट संत्रमित हुनको संख्या ५१२ पुग्यो

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
NA

चैत  १२, नयाँदिल्ली । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको कारण भारतमा बुधवारसम्म ५१२ जना संक्रमित भएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार सो जानकारी दिएको छ । संक्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्रीले १ अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गरेका छन्  । उनले मंगलवार  साँझ लकडाउन घोषणा गरेका हुन् । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले सबै भारतीय नागरिकलाई आह्वान गरेका छन् ।

यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौं पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द्र मोदील बताएका छन् ।

मंगलवार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गरेको  सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भिड लागेको थियो । भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताएका थिए ।

गएको मध्यरातबाट लागू भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने छ । रासस / एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्