ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सौराहाका होटल क्वारेन्टाइनलाई दिन व्यवसायी सहमत     

२०७६ चैत, १२  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

चैत १२,  चितवन । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले बतााएका छन् । क्षेत्रीय होटल संघ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन् ।     
     
 क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टाइनका लागि ४ हजार शय्या दिन सकिने छ । बैठकले ३ हजार शय्या केन्द्रीय सरकार र १ हजार शय्या स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो ।     
     
 स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टाइनमा विशेषतः पूर्वि चितवनकै बासिन्दा हुनुपर्ने उनले बताए ।
     
 कोरोनाको संक्रमण रोक्न सरकारले मंगलवारदेखि देशभर बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टाइनमा राख्न आह्वान गरेका हुन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो ।     
     
 सौराहामा ११५ ओटा होटल रहेका छन् । ती होटलको क्षमता ५ हजार ५०० हाराहारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो ।     
     
 देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष २ लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्