ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन अवज्ञा गर्ने नियन्त्रणमा        

२०७६ चैत, १२  
वाग्मती प्रदेश
NA

चैत १२, हेटौंडा । सरकारले कोभिड–१९ को संक्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लंघ गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । 

प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिइएको हो ।     
     
लकडाउन उल्लंघन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ । रासस 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्