ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अमेरिकामा जुट्यो २० खर्ब डलरको राहत प्याकेजमा सहमति 

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १२, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) को महामारीले उत्पन्न गरेको आर्थिक प्रभावसँग जुझ्न २० खर्ब डलर राहत विधेयक पारित गरेको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस र सिनेटका नेताहरु बुधवार सवेरै उक्त राहत प्याकेजमा सहमत भएका हुन् । 

‘अन्त्यमा हामीले सम्झौता गर्‍यौं,’ सिनेटमा बहुमतकी नेता मिच म्याक्कोनेलले भनिन् । यो रकम अमेरिकामा एक वर्षमा उठ्ने राजस्वको आधाभन्दा बढी हो । 

महामारीसँग जुझ्न आवश्यक स्रोतका लागि अस्पताल, कम्पनी, राज्य र व्यक्तिहरुले अनुरोध गरेकोले हतारमा यस्तो कदम चालिएको छ । यो भाइरस विरोधी युद्धको तयारीमा गरिएको लगानी भएको म्याक्कोनेलले बताएका छन् । 

योसँगै सरकारले अमेरिकी घरपरिवारलाई सिधैं वित्तीय सहायता दिनेछ । बेरोजगारी भत्ता बढाइनेछ । साना व्यवसायहरुलाई आपतकालीन कर्जा स्वरुप खर्बौं डलर दिइनेछ । अस्पतालमा थप रकम प्रवाह गरिनेछ र मेडिकल उपकरण उपलब्ध गराइने छ ।

सिनेटले अहिलेसम्म सम्झौताको अन्तिम खाका भने तयारी गरेको छैन । मंगलवारको प्रारम्भिक सम्झौतामा भने एकल व्यक्तिहरुलाई १ हजार २०० डलर प्रत्यक्ष भुक्तानी दिने, विवाहितलाई २ हजार ४०० डलर र हरेक बालबालिकालाई ५०० डलर दिइने प्रस्ताव थियो । कुनै व्यक्तिले ७५ हजार डलर र जोडीले १ लाख ५० हजार डलरभन्दा धेरै कमाउँछ भने चाहीं नगद सहुलियत घट्ने बताइएको थियो । 

रोजगारी कटौती कम गर्न र तलब भुक्तानीलाई टेवा दिन साना व्यवसायलाई ३ खर्ब ५० अर्ब डलर विनियोजन गरिएको मस्यौदामा बताइएको छ । सरकारले अमेरिकी यात्री तथा कार्गो विमानसेवा प्रदायकका लागि ५८ अर्ब डलरको राहत दिँदैछ । 

राहत विधेयकले अमेरिकाका प्रमुख उद्योगहरुलाई स्थीर बनाउने अपेक्षा म्याककोनेलले गरेका छन् । महामारीसँग लडिरहेका र कर राजस्व नपाउने अवस्थामा रहेका राज्य र स्थानीय सरकाको लागि भने १ खर्ब ५० अर्ब डलर छुट्टयाइएको छ । 

विगत ५ दिनको निरन्तर छलफलपछि विधेयकमा सहमति भएको हो । विधेयकमा बुधवार अबेर मतदान हुने बताइएको छ । कोरोना भाइरसको कारण अहिले अमेरिकाका धेरै शहर बन्द गरिएका छन् । लाखौं रोजगारी खोसिएका छन् । 

बेरोजगारी ३० प्रतिशतसम्म पुग्नसक्ने अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्वका एक अधिकारीले बताएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्