ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘जर्मन अर्थतन्त्र २० % सम्म खुम्चन सक्छ’

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १२, बर्लिन (जर्मनी) । मार्चमा जर्मनीको व्यवसायिक मनोबल घटेर सन् २००९ यताकै न्यूनस्तरमा आएको छ । बौद्धिक संस्था आईएफओले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । 

कोरोना भाइरसको प्रभावका कारण यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र यस वर्ष २० प्रतिशतसम्म खुम्चन सक्ने आईएफओका अर्थशास्त्रीले बताएका छन् । 

सर्वेक्षणअनुसार फेब्रुअरीमा ९६ अंक रहेको व्यवसायिक वातावरण देखाउने सूचकांक मार्चमा घटेर ८६ दशमलव १ अंकमा आएको छ । सूचकांकमा आएको यो कमी जर्मनीको एकीकरणयताकै तीव्र भएको बताइएको छ । 

सूचक सन् २००९ को जुलाईयताकै न्यूनस्तरमा आएको आईएफओको अध्यक्ष क्लेमेन्स फयूष्टले एक विज्ञप्तिमा भनेका छन् । जर्मन अर्थतन्त्र झट्कामा रहेको र कम्पनीहरुको विद्यमान अवस्थाको मूल्यांकन समेत निकै खराब रहेको उनको भनाइ छ । 

सेवा क्षेत्रमा पनि व्यवसायिक वातावरण सूचकांक सन् २००५ मा सेवा क्षेत्रको तथ्यांक राख्न थालेयताकै न्यून स्तरमा आएको बताइएको छ । म्यानुफ्याक्चरिङ क्षेत्रमा भने सूचकांक सन् २००९ को अगष्टयताकै न्यून स्तरमा आएको छ । 

महामारीका कारण उत्पन्न बन्न कहिलेसम्म चल्छ सो अनुसार यस वर्ष जर्मन अर्थतन्त्र ५ प्रतिशतदेखि २० प्रतिशतसम्म खुम्चन सक्ने आईएफओका अर्थशास्त्री क्लाउस वोह्ल्राबेले बताए । 

अर्थतन्त्र कम्तिमा पनि २ त्रैमाससम्म गहिरो मन्दीमा जाने चेतावनी समेत उनले दिएका छन् । यस वर्ष अर्थतन्त्र करीब ५ प्रतिशतले खुम्चने सरकारी प्रक्षेपण छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्