ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १२, लन्डन (बेलायत) । बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको निजी निवास क्लारन्स हाउसले यसको पूष्टि गरेको हो । 

उनमा मध्यम खालका लक्षणहरू देखिएको तर स्वास्थ्य अवस्था राम्रो भएको बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै क्लारन्स हाउसले बताएको हो । भाइरसको हल्का लक्षणहरु देखिएपछि नेशनल हेल्थ सर्भिसले उनको परीक्षण गरेको थियो ।  

उनकी पत्नी कमिलाको पनि परिक्षण गरिएको र संक्रमण नदेखिएको बताइएको छ । 

७१ वर्षिय चार्ल्स र ७२ वर्षिया कमिला दुवै अहिले स्कटल्याण्डस्थित निवासमा एकान्तवास छन् । चार्ल्स पछिल्ला केही दिन यता कयौं सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।  

त्यसैले उनमा कसबाट कसरी संक्रमण सर्‍यो थाहा हुन सकेको छैन ।  तर उनलाई संक्रमण मार्च १३ यता सरेको हुन सक्ने आशंका डाक्टरहरुले गरेका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्