ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन उल्लंघन गर्ने ९००  सवारीसाधन नियन्त्रणमा      

२०७६ चैत, १२  
समाचार
NA

चैत १२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लंघन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट बुधवार दिउँसो ३ :०० बजेसम्म उक्त संख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएकामध्ये दुई पांग्रे ७७० र चार पांग्रे १२१ रहेको महाशाखाले बताएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको  उनले बताए   ।

प्रहरीले मंगलवार मुलुकका विभिन्न ठाउँबाट १ हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलवारदेखि यही चैत १८ गते बिहान ६ : ०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ  । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्