ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्टिल एकाईबाट ३ हजार रोजगारी कटौती गर्दै थिसनक्रुप 

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १२, फ्र्याङ्कफर्ट (जर्मनी) । जर्मनीको व्यापारिक घराना थिसनक्रुपले स्टिल एकाइबाट ३ हजार कर्मचारी निकाल्न लागेको छ ।

कोरोना भाइरसको संकटका कारण समूहले पहिलादेखि नै घाटामा चलिरहेको स्टिल एकाइबाट यस अघि बताएभन्दा धेरै कर्मचारी हटाउन थालेको हो । रोजगारी कटौती आगामी ६ वर्षभित्र गर्ने समूहको योजना छ ।

पहिलो चरणमा सन् २०२३ भित्र २ हजार रोजगारी कटौती हुनेछ र यसका लागि आईजी मेटल युनियनसँग सहमति पनि भइसकेको समूहले बताएको छ ।

 बाँकी १ हजार रोजगारी भने सन् २०२६ सम्ममा गर्ने योजना छ । कोरोना भाइरसको महामारीका कारण जर्मनीमा रोजगारी कटौती गर्नु आवश्यक भएको एक विज्ञप्तिमा समूहले भनेको छ । 
समूहले यस अघि नै विश्वभरबाट ६ हजार कर्मचारी कटौती गर्ने र यसमध्ये स्टिल एकाइबाट २ हजार गर्ने बताएको थियो । 

पछिल्लो कटौतीसँगै स्टिल एकाइको कटौती थप १ हजार बढेको छ । समूहले कर्मचारीहरुलाई उनीहरुले खाइ पाइआएको तलबको ८० प्रतिशत दिने गरी कार्यसमय कटौती लगायत योजना सहितको कोरोना संकट प्याकेज पनि ल्याएको छ । 

नाफामा चलिरहेको एलिभेटर एकाई १७ अर्ब २० करोड यूरोमा बेचेर यसबाट आएको नगद निर्माण सामाग्री र कार पार्टस् बनाउने एकाईमा प्रयोग गर्ने योजनामा थिसनक्रुप छ । 
समूहले स्टिल एकाईमा आगामी ६ वर्षमा ८० करोड यूरो खर्च गर्ने योजना पनि बनाएको छ । रासस / एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्