ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिकमले बिहीवारदेखि रिचार्ज गर्दा शतप्रतिशत बोनस दिने      

२०७६ चैत, १२  
समाचार
Image Not Found

चैत १२, काठमाडौं । कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ ।

टेलिकम प्रवक्ता राजेश जोशीद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहीवारदेखि ७ दिनका लागि लागू हुनेछ । टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ ।

वोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरीद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रू. ५० र रू. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रू. २०० र रू. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, रू. १ हजारको रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रू. १० देखि रू. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रू. १०० देखि रू. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रू.५०० देखि रू. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । रू. १ हजार वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्